प्रधानमन्त्रीको गुनासोदेखि कोरोना भाइरसको आतंकसम्म (भिडियोसहित)

प्रधानमन्त्रीको गुनासोदेखि कोरोना भाइरसको आतंकसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध डरलाग्दो ढंगले प्रचार आक्रमण भइरहेको बताएका छन् । बुधबार काठमाडौमा शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारविरुद्ध प्रचार युद्ध मात्र नभई आक्रमण नै छेडिएको गुनासो गरे ।

यस्तै काठमाडौंमा राष्ट्रिय गजल महोत्सव सुरु भएको छ । गजल महोत्सवको पहिलो दिन सातवटै प्रदेशबाट सहभागी जनाएका गजलकारहरुले गजल बाचन गरेका छन् । उता चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक बर्षको ७ महिनामा १३ गैंडाको मृत्यु भएको छ । हिजो मंगलबार मात्रै दुई वटा गैँडा मरेका छन् ।

यस्तै ‘नागरिक लगानी कोष ऐन २०४७’ संशोधन विधेयकमाथि संसदिय समितिमा जारी छलफल सकिएको छ । छलफलमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन् ।

विश्वभर आतंक मच्चाएको कोरोना भाईरसको संक्रमण रोक्न विभिन्न मुलुकहरुले प्रयास तिब्र पारेका छन् । चीनको वुहान शहरबाट शुरु भएको भाइरसको संक्रमणबाट अहिलेसम्म सबैभन्दा बढि चीनमा १ सय ३२ जनाको मृत्यु भईसकेको छ भने ६ हजार भन्दा बढि संक्रमित भएका छन् । थप समाचार हेरौं यो भिडियोमा :

 

 

 

Logo