महाराजको आवरणमा ठगी

महाराजको आवरणमा ठगी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । उपराष्ट्र्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी– विजय भण्डारी ।

उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’को उद्घाटन गर्न चितवन पुगेका हुन् ।

भरतपुर विमानस्थलमा शुक्रबार उत्रेका उपराष्ट्रपति नन्दबहादुर पुन र उनको स्वागतार्थ आएका बालयोगेश्वर महाराजा भनिने विजय भण्डारी । भण्डारीको नेतृत्वमा नारायणी नदी किनारमा शनिबारदेखि हुने कोटीहोम यज्ञमा प्रमुख अतिथि हुन उपराष्ट्रपति चितवन आइपुगेका हुन् ।

आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको फेला पारेको छ । उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए । आजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

Skip This
Skip This
Logo