२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

टर्की चरा पालेर लाखौ आम्दानी

1
1
1
1
1
1

रामपुर । टर्की (चरा) पालन व्यवसायबाट यहाँका एक युवाले अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्नुहुन्छ । 

आजभन्दा तीन वर्ष अघि इन्टरनेटको सहायताबाट यो व्यवसाय शुरु गरेका माथागढी गाउँपालिका रुप्सेका युवा ताराप्रसाद पाण्डेले यो व्यवसायबाट अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्न थालेको हो । कक्षा १२ सम्मको अध्ययन गरेका पाण्डेले लुम्बिनी अञ्चलमा नै पहिलो पटक शुरु गरेको यो व्यवसायमा अहिले सबैको आकर्षण बढ्दो छ । नयाँ व्यवसाय थालनी भएकाले पनि टर्की चरा हेर्नैका लागि उनको फार्ममा धेरै जना पुग्ने गर्छन् । 

पाण्डे सानै उमेरदेखि नै सूचना र प्रविधिको खोजी गर्ने कार्यमा निकै जिज्ञासु स्वभावका थिए । “सूचना प्रविधिमा विभिन्न खोज अनुसन्धान गर्दै जाँदा टर्की नामको पक्षी फेला पारे प¥यो, पक्षी नयाँ र लाभदायिक ठानेपछि व्यवसाय शुरु गरेको हुँ” पाण्डेले भने । पोखराबाट ५० वटा टर्की चरा ल्याएर व्यवसाय चलाएका पाण्डेले राम्रो आम्दानी गर्न सफल भएको छ । त्यही टर्की चराले आज उनलाई देश विदेशमा चिनिने अवसर सिर्जना भएकोमा खुशी व्यक्त गर्छन । 

नयाँ व्यवसाय भएकाले शुरुमा घरपरिवार र साथीभाई कसैबाट पनि सहयोग मिलेन्, उनले भने– “अहिले उनको व्यवसायको घरपरिवार, साथीभाई सबैले खुलेरै प्रशंसा गर्ने मात्र नभई साथ र सहयोग दिन थालेको छ ।” पाण्डेले अहिलेसम्म तीन पटक चल्ला उत्पादन गरी बजारमा बिक्री गरिसक्नुभएको छ । १२ देखि १५ केजीसम्मको उत्पादन लिन सकिने टर्कीको मासुमा चिल्लोपना अत्यन्त कम हुने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको पाण्डे बताउछन  । 

स्थानीयस्तरमा यसको मासुको कमै महत्व रहे पनि पोखरा, काठमाडौँजस्ता ठूला शहरमा यसले राम्रो बजार पाएको छ । पाण्डेले टर्कीसँगै एक हजार ५०० वटा हाँस पनि पालेका छन् । काम र दामको खोजीमा शिक्षित युवा खाडीमुलुकमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा घरपरिवारसँगै बसेर अर्थोपार्जन गर्न पाउँदा आनन्द लागेको पाण्डे भन्छन । 

कृषि व्यवसायलाई प्रोत्साहन गर्न भनी सरकारले विभिन्न कार्यक्रम ल्याए पनि आफूले अहिलेसम्म कुनै सहयोग प्राप्त नगरेको उनले बताए । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले कृषि व्यवसायमा लाग्ने युवालाई गाउँपालिकाबाट प्रोत्साहनका लागि सहयोग गर्ने बताउछन् । रासस

प्रकाशित: ६ माघ २०७४ १६:२५ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी