नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदको लागि २ हजार भन्दा बढी कर्मचारी माग गरेको हो ।

सेनाले एक सय २६ जना अमलदार कर्मचारी मागेको छ। यस्तै, भेहिकल मेकानिक्स ९९ जना, रेडियो मेकानिक्स ११ जना, मेकानिकल १४ जना, आरमोरर ४८ जना, ब्यान्ड १८ जना, सैन्य मेडिकल ४० जना, सैन्य खेलाडी ४० जना, सैन्य ड्राइभर ४० जनाका लागि पनि दरखास्त आव्हान गरेको छ।

आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ। साथै दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

Logo