युवाशक्ति निर्माण गर्न ७ वटै प्रदेशमा स्काउट तालिम सञ्चालन

युवाशक्ति निर्माण गर्न ७ वटै प्रदेशमा स्काउट तालिम सञ्चालन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल स्काउटले प्रदेश स्तरीय स्काउट आधारभूूत तालिम सञ्चालन गरिरहेको छ । सातैवटा प्रदेशमा तालिम दिने तयारी गरेको स्काउटले अहिले ५ नम्वर प्रदेशमा तालिम सञ्चालन गरिरहेको नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीले केन्द्रबिन्दुलाई बताए ।

संयोजक भण्डारीका अनुसार विपत व्यवस्थापनदेखि नेतृत्व विकाससम्मको चार तहको तालिम नेपाल स्काउटले दिइरहेको छ । तालिमले हरेक प्रदेशमा स्वयंसेवक र विपतका बेला र समाजका लागि आवश्यक हुने युुवाशक्ति निर्माण गर्न सहयोग पुग्नेछ ।

तालिमले मुलुकका लागि आवश्यक विपतमा सहयोग गर्नसक्ने युुवा उत्पादन गर्ने स्काउटको दाबी छ । प्रादेशिक संरचनामा गइसकेको मुलुकको हरेक स्थानीय शासन प्रणालीमा तालिम लिएका स्वयंसेवकहरूको सहयोगी भूमिका रहने बताइएको छ ।

भण्डारीका अनुसार स्काउटले दिने तालिम विश्वासयोग्य, जीवनोपयोगी र समाजउपयोगी हुनेछ । नेपाल स्काउटले प्रदेश सरकारको सहयोगमा तालिम सञ्चालन गरेको हो । प्रदेश ५ मा मात्र पाँच दिनका लागि सञ्चालन भइरहेको आधारभूत तालिममा प्रदेश ५ का १२ जिल्ला र १०९ वटा स्थानीय तहका गरी र प्रशिक्षक र स्काउटका सहयोगी सहित ७५३ जनाको सहभागिता रहेको छ ।

Logo