क्रियाशील दलित पत्रकार संघ सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न  

क्रियाशील दलित पत्रकार संघ सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न  

केन्द्रबिन्दु
0
Shares

सर्लाही। सर्लाहीका विभिन्न संचार माध्यममा आवद्ध रहेर क्रियाशील रहेका दलित पत्रकारहरुको प्रथम जिल्ला भेला लालबन्दीमा सम्पन्न भएको छ । पत्रकार सोम दियालीको अध्यक्षता तथा ईश्वपुर नगरपालिका वडा नम्बर १२ की निर्वाचित वडा सदस्य जूना परियारको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकोे हो ।

भेलाले उमेश विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शान्ता रिमाल, सचिवमा अम्बिका बुढाथोकी विश्वकर्मा, कोषाध्यक्षमा राज विक, सदस्यहरुमा क्रमशः पचु माझी, हरिनन्दन पासवान, विजय विक, धिरज विक र दिपक विक चयन भएका छन् । त्यस्तै भेलाले पत्रकार सोम दियालीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत बनाएको छ । समितिको सदस्यहरुमा मदन विश्वकर्मा र जूना परियार रहेका छन् ।

भेलामा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्य एवं आर्थिक अभियानमा कार्यरत दलित पत्रकार मिलन विश्वकर्मा, अकोरावका केन्द्रीय सदस्य एवं रेडियो मध्ये तराईका प्रवन्ध निर्देशक उमेश सुनार, राष्ट्रिय भूमि अधिकार मंचका २ नम्बर प्रदेश अध्यक्ष मदन विश्वकर्मा, नेपाली काँग्रेसका नेता सुरेन्द्र वहादुर प्रधान, निगरानी टुडे दैनिकका सम्पादक राकेश गुप्ता लगायतले दलित पत्रकारहरुले समाजमा रहेका विकृति, विसंगतिलाई चिरफार गर्दै समृद्ध समाज निर्माणमा उल्लेख्य भूमिका खेल्न सक्नु पर्ने बताएका छन् । साथै उनीहरुले नव गठित जिल्ला संघका पदाधिकारीहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । कार्यक्रमको संचालन संघकै बारा सचिव क्षितिज विश्वकर्माले संचालन गरेका थिए ।

Logo