काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारमध्ये चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला विवादको भुमरीमा फसेकी छिन् । उनी जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा घाइते भएका विद्यार्थी र शिक्षकहरुलाई साहानुभुती दिन पुगेपछी विवादमा परेकी हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले नेपालमा रेमिट्यान्सको असर अर्थतन्त्रमा भन्दा पनि सामाजिक परिवर्तनमा बढी रहेको बताएका छन् ।
जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्र जिम्मेवारी लिने भन्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले संक्रमणकालिन न्याय व्यवस्थामा संशय पैदा गरेको भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
ऐतिहासिक दरबार हाईस्कुलको पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको छ ।





























प्रतिक्रिया