ट्रकको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु

ट्रकको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ लेवटमा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा मजदूरी गर्दै आएका अम्बर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Logo