जनकपुरधाम,
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आज बिहान दिलीप महतोको परिवारसँग भेटघाट गरेका छन् । उनले धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिलीपको घरमा उनका बुवा आमासित भेटघाट गरेका हुन् ।
मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलीपको बुवा रामजीवन महतोलाई विश्वास दिलाए । सो क्रममा मुख्यमन्त्रीले दिलीपको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रदेश सरकारले पीडित परिवारलाई यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ । गएको शुक्रबार बालुवा, गिट्टी उत्खननको विरोध गरेको रामजीवन महतोका २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोचि टिपरले किचेर हत्या गरिएको थियो ।































प्रतिक्रिया