नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालनमा

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षातले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षातले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
रासस

Logo