२५ वर्ष सिक्किमको मुख्यमन्त्री हुँदा समेत प्रजातन्त्र बुझ्न सकिन : पवन चाम्लिङ (भिडियोसहित)

२५ वर्ष सिक्किमको मुख्यमन्त्री हुँदा समेत प्रजातन्त्र बुझ्न सकिन : पवन चाम्लिङ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • जितेन्द्र रसिक

काठमाडौं ।

सिक्किमका पूर्वमुख्यमन्त्री तथा विधानसभा सदस्य पवन चाम्लिङले भारतको सिक्किममा २५ वर्ष लामो शासन नेपालीले गरेको बताएका छन् । किराँत राई यायोक्खाले किरात येले संवत् ५०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागि हुन नेपाल आएका चाम्लिङले सिक्किममा आफूले भारतीयको रुपमा नभई नेपालीको रुपमा शासन गरेको बताएका हुन् ।

विहिवार प्रज्ञा प्रतिष्ठानले गरेको सम्मान कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङले सबैभन्दा लामो समय मुख्यमन्त्रीको पद सम्हाल्ने आफू विश्वकै एकमात्र मुख्यमन्त्री भएको दाबी गरे । उनले भारतमा सबैभन्दा लामो शासन गर्ने मुख्यमन्त्रीमा नाम दर्ज गर्ने नेपालीकै छोरो बनेको समेत बताए ।

चाम्लिङले २५ वर्ष मुख्यमन्त्री भएर काम गर्दा पनि अझै प्रजातन्त्र के हो भन्ने आफु स्पष्ट हुन नसकेको बताए । प्रजातन्त्रलाई व्यवहारमा लागु गर्न गराउन निकै कठिन रहेको पनि उनको भनाई थियो । त्यस्तै नेपाली विश्वमै वीरका रुपमा चिनाउन सफल रहेको र भविष्यमा पनि वीर नेपालीकै रुपमा चिनाउन नेपालीले अझै मिहेनत गर्नुपर्ने बताए । उनले विश्वका सबैलाई हराएका अंग्रेजलाई हराउने नेपाल विश्वकै एक मात्र मुलुक भएको पनि बताए । पहिले अस्त्रले युद्ध गर्दा नेपाली वीर थियो अब शस्त्र र डिजिटल युद्धको जमाना आएकाले विश्वभर फैलिएर रहेका नेपाली शस्त्रमा समेत वीर हुनुपर्ने समय आएको पूर्वमुख्यमन्त्री चाम्लिङले भनाई थियो । हेरौं यो भिडियोमा :

Logo