जनयुद्धमा मारिएकामध्ये ५ हजारको मात्र जिम्मा लिन्छु : अध्यक्ष दाहाल

जनयुद्धमा मारिएकामध्ये ५ हजारको मात्र जिम्मा लिन्छु : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताएका छन् । माघीको अवसरमा टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भन्ने गरेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सामन्ति राजाहरुले मारेको बताए। हिजोको सामन्ति राजाहरुले १२ हजार मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर राजाहरुले मारेको १२ हजारको चाँही कुरा नहुने ? हिजो राज्यले मारेका १७ हजार मध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन, दाहालले भने, मैले सधैं भन्ने गरेको छु युद्धको जिम्मा म लिन्छु। त्यहाँ भएका राम्रा नराम्रा कामहरुको म जिम्मेवार छु।
नागरिकबाट

Logo