विप्लव समूहले एउटा बम विस्फोट गरे, अर्काे बम सेनाद्वारा डिस्फोजल

विप्लव समूहले एउटा बम विस्फोट गरे, अर्काे बम सेनाद्वारा डिस्फोजल

केन्द्रबिन्दु
0
Shares

इलाम:  देउमाई नगरपालिका-७ जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा विप्लव समूहले बम विस्फोट गरेका छन्। सोमबार राति भएको बम विस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख हिरा बहादुर पाण्डेले बताए ।

विस्फोटबाट टावरका लागि प्रयोग हुने जेनेरेटरसहित अन्य सामग्री ध्वस्त भएको छ। घटनास्थलनजिकै नपड्किएको सुतली बम र तार समेत फेला परेको छ। उक्त बम नेपाली सेनाले निस्क्रिय गरेको प्रहरी प्रमुख पाण्डेले बताए ।  विस्फोट गरिएकाे क्षेत्रमा विप्लव समूहकाे पर्चा भेटिएकाेले विप्लव समूहले नै गरेकाे निष्कर्षसहित विस्फोटमा स‌ंलग्नकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

Logo