काठमाडौं ।
पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो । २० बर्षको उमेरमा राजा भएका पृथ्वीनारायण शाहको मृत्यु भने १८३१ मा ५२ बर्षको उमेरमा भएको थियो ।
उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुवाण, तरबार, घोडसवारी, दौड आदिमा पनि उनी निपूर्ण थिए ।
पृथ्वीनारायणको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो । गोरखा र मकवानपुरवीच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले । त्यस बखत गोरखाका १ हजार २०० घरधुरीका जनतालाई बर्षमा ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन । त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील राज्यहरु खोज्नेक्रममा काठमाडौं उपत्यका लगायतलाई विजय गर्ने मनसाय बनाएका थिए ।
वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स–सम्मान निकै समयसम्म राखेका थिए । यहीँबस्दा उनले काठमाडौं उपत्यका र त्यस वरपरका राज्यहरुको अध्ययन गर्ने मौका पाएका थिए ।
पृथ्वी नारायण शाह हक्की स्वभावका थिए । उनले कुनै काम आँटेपछि गरिहाल्थे त्यो सही होस् वा गलत । आफूलाई ठीक लागेको काम गर्न उनी तम्सिहाल्थे । एक पटक उनी युवराज हुँदै नुवाकोट पुगेका थिए । त्यहाँ पौडी खेल्ने क्रममा उनलाई निकै भोक लाग्यो । उनले सोध्दै नसोधी स्थानीय किसानले रोपेको उखु खाइदिए । उखु खाएपछि शाहविरुद्ध नुवाकोटको राजासम्म उजुरी पुग्यो । राजाले उखु खाएको हर्जना तिर्नुपर्ने फैसला गरे । यो कुरा उनलाई बिझ्यो । त्यसकारण आफू राजा हुनासाथ उनले नुवाकोटलाई गोरखामा गाभ्ने उद्देश्यले त्यहाँ आक्रमण गरे । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया