- रामजी बलामी-
थाहा अर्थात मान्छेमा चेतना जनाउने अभियान । हो, यही अभियानका संस्थापक अभियन्ता हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल । उनको खास नाम रुपचन्द्र विष्ट भए पनि उनी आफूलाई ‘रुदाने’ भनेर चिनाउँथे ।
उनै रुदानेले थालेका हुन् निष्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलन । उनको जन्म वि. स. १९९० पौष २६ गते बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट मकवानपुरको दामनमा भएको हो । सम्भ्रान्त परिवारमा जन्मेका उनी दार्शनिक नेता थिए । राष्ट्रिय पञ्चायतका सदस्य समेत बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्दथे ।
जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन बिताएका रुदानेले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जेल जीवन बिताएका थिए । उनी भन्ने गर्दथे, “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी ।” यि र यस्ता थुप्रै महावाणीहरु छन् उनका जसले अचेलको राजनीति र नयाँ पुस्तालाई सोचमग्न बनाएको छ ।
रुदानेको २०५६ साल असार ७ गते निधन भएको थियो । उनै जनमुखी नेता रुदानेको आज ८६ औं जन्मजयन्ती । उनको जन्मथलोमा कार्यरत फरक सोचका अभियन्ताहरुले आजको दिनलाई थाहा दिवसको रुपमा मनाउँदै आएको छ ।
स्व. विष्टका बारेमा हामीले रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष तथा राष्ट्रिय सभाका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीसँग कुराकानी गरेका छौ ।
भिडियो अन्तर्वार्ता
यो पनि
रुपचन्द्रको घरमा पुग्दा जे देखियो (भिडियो रिपोर्ट)
रुपचन्द्र विष्टका रोचक प्रसङ्गहरु: तँ, भाते, बोराको लुगा, हड्डीको टुक्रा ! (भिडियोसहित)
विष्टको ८६ औं जन्म जयन्तीको अवसर पारेर यो सामाग्री अर्काइभबाट पुन: प्रकाशन गरेका हौं ।





























प्रतिक्रिया