सवाँ तीन अर्बकाे विषादी आयातदेखि ३० अर्बकाे र‌ंग खरिदसम्म (भिडियोसहित)

सवाँ तीन अर्बकाे विषादी आयातदेखि ३० अर्बकाे र‌ंग खरिदसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आज हामीले  आजदेखि स्वस्थानी व्रतकथा सुरु भएको विषयलाई समेटेका छाै‌। हिन्दू धर्मावलम्बीहरूले घरघरमा स्कन्द पुराणको केदारखण्डअन्तर्गत माघ महात्म्यमा वर्णन गरिएको श्री स्वस्थानी व्रतकथाको वाचन एवं श्रवण गर्दछन् । साँखुको शालीनदीमा एक महिनासम्म विशेष मेला लाग्दछ भने माधव नारायणको व्रत एवं माघस्नान पनि आजैबाट सुरु भएको छ । नेपालमा पहिलोपटक सन् १९५० को दशक रासायनिक विषादी भित्रिएको थियो । पछिल्लो समय खाद्यन्न र तरकारीमा रासायनिक विषादीको प्रयोग बढ्दो छ । घर रङ्गाउन हामी विभिन्न रङ्गहरुको प्रयोग गर्छाै । घरको डिजाइन र मानविय सौखअनुसारका रङ्गले घर रंगिन बनाउने गरिन्छ । नेपालमा वार्षिक ३० अर्वको रंग खपत हुँदा अधिकाँश स्वदेशी उत्पादन भएकोले नेपाल रंग उत्पादनमा निर्भर हुन थालेको हो ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको । स्वर्गीय जननेता मदन भण्डारीको सम्मानमा स्थापना गर्न लागिएको यो विश्वविद्यालय मकवानपुर, काभ्रे र काठमाडौंको कागेश्वरीमा स्थापना गर्ने तयारी भइरहेको समाचारले पनि बुलेटिनमा समाबेश छ ।

प्रस्तुत छ, आजको दिनभरको खबरसहितको केन्द्रबिन्दु टप ५ बुलेटिन।

Logo