तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तनहुँ।

पाल्पाबाट तनहुँ जाँदै गरेको बस तनहुँको घिरिङमा दुर्घटना हुँदा आज २ जनाको मृत्यु भएको छ । ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

तनहुँको घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा घिरिङ १ का २० वर्षीय मुना थापाको घटनास्थलमै र घाइते भएकी घिरिङ ३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते भएका १७ जनाको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Logo