खाद्यान्नको मूल्यवृद्धिदेखि सवारीसाधनको घट्दो व्यापारसम्म (भिडियो बुलेटिन)

खाद्यान्नको मूल्यवृद्धिदेखि सवारीसाधनको घट्दो व्यापारसम्म (भिडियो बुलेटिन)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आज हामीले बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनको निर्णयले विश्व समुदायमा फैलिएको तरङ्गको विषय प्रस्तुत गरेका छौं । बेलायतकी महारानी एलिजाबेथका नाति तथा डायनाका छोरा राजकुमार ह्यारीदम्पत्तीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने निर्णय गरेका थिए ।

त्यस्तै दैनिकी उपभोग्य खाद्यान्नको मूल्य पछिल्लो एक महिनाको बीचमा ह्वात्तै बढेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो । तर, केही महिनादेखि महँगो मूल्यमा बिक्रि वितरण भइरहेको प्याजको मूल्य भने घट्न थालेको छ ।

भारतीय सीमा क्षेत्रमा उडेको एउटा नेपाली हेलिकप्टरका बारेमा भारतीय मिडियामा हल्लीखल्ली भएको छ । यो विषयमा पनि आजको बुलेटिनमा समाबेश छ । त्यस्तै नजिकिएको माघे संक्रान्ति पर्वको विशेष परिकारका रुपमा लिइने चाकु बनाउन व्यवसायीहरूको भ्याइनभ्याइ सम्बन्धी समाचार पनि आजको बुलेटिनमा  समाबेश छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारीसाधनको व्यापार घटेको प्रसंग पनि बुलेटिनमा समाबेश छ ।

प्रस्तुत छ, आजको दिनभरको खबरसहितको केन्द्रबिन्दु टप ५ बुलेटिन।

 

Logo