काठमाडौं ।
माघे संक्रान्ति नजिक आउँदैछ । माघे संक्रान्तिको नाम आउने वित्तिकै घ्यू , तरुल, चाकु, खिचडी लगायतका परिकारहरुको नाम सँगै जोडिएर आउँछ ।

राजधानी नजिकैको टोखामा चाकु बनाउने व्यवसायीहरुलाई यतिबेला भ्याई नभ्याई छ । चाकुको उत्पादन र यसको खपत यतिबेला अत्यधिक हुने भएकाले व्यवसायीहरु व्यस्त भएका हुन् । टोखामा चाकु बनाउनेहरुको पेशा नयाँ पेशा होइन ।

पुर्ख्यौली पेशा अंगाल्नेहरु यहाँ धेरै छन् । बिहान ६ बजेदेखि यहाँ चाकु बनाउने काम शुरु हुन्छ । दिनभरि चाकु बनाएर बजार लैजानेहरुको पनि उस्तै भिड हुन्छ । वर्षभरिमा चाकु धेरै खपत हुने सिजन यहि भएको व्यवसायीहरु बताउँछन् ।

यहाँको चाकु काठमाडौं उपत्यकाका अतिरिक्त आसपासका जिल्लाहरुका साथै विदेशसम्म पनि माग रहेको उनीहरुले बताए ।

तस्वीरहरु : प्रशान्त प्रधान /केन्द्रबिन्दु





























प्रतिक्रिया