काठमाडौं ।
मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाहीका रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई आज पक्राउ गरेको हो। पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
राजपाका केन्द्रीय सदस्य समेत रहेका यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए ।
उनीहरु मध्ये सुरेश शाहले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार तिरिसकेका छन् । तर अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत कब्जा गरिएको पीडितको गुनासो छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।





























प्रतिक्रिया