प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई सकारात्मक भूमिकामा मात्रै देखाउन आग्रह गरेका छन् । नेफ्टा अवार्डबारे जानकारी दिन सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै उनले प्रहरीको भूमिकालाई सकारात्मक रुपमा देखाउनुपर्ने बताएका हुन् ।
कलाकारिता क्षेत्र समाज परिवर्तनको सशक्त माध्यम भएको र समसामयिक विषयमा प्रहरीलाई प्रस्तुत गर्दा त्यसरी नै गर्नुपर्ने उनी बताउछन् । ‘हलिउडमा प्रहरी भनेपछि सकारात्मक रुपमा देखाइने गरेको पाइन्छ, बलिउडमा पनि त्यसरी नै देखाइएको हुन्छ तर नेपालमा प्रहरी भन्नेबित्तिकै नकारात्मकतालाई बढी जोड दिइएको पाइन्छ,’ खनालले भने ।
आईजीपी खनालले ‘समुदाय प्रहरी साझेदारी’ जनताको सहकार्यमा अगाडि बढ्ने बताउँदै अगाडि थपे, ‘सम्पूर्ण नागरिकलाई कलाकारितामार्फत प्रहरी हाम्रै हो भन्ने बुझाइ सम्प्रेषण गरिदिन पनि अनुरोध गर्छु ।’
‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण चैत्र १५ गते आयोजना हुने भएको छ ।





























प्रतिक्रिया