मंगोलियाका प्रथम राष्ट्रपति नेपालमा

मंगोलियाका प्रथम राष्ट्रपति नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

मंगोलियाका प्रथम राष्ट्रपति पुन्सालमागिन धार्मिक भ्रमणका लागि नेपालमा छन् । लुम्बिनी र काठमाडौं उपत्यकाका बौद्ध तथा पुरातात्विक क्षेत्रको भ्रमणका लागि आफ्ना धार्मिक गुरुसहित उनी नेपाल आएका हुन् । पुन्सालमागिन र उनका चिनियाँ धार्मिक गुरु काइजिमु दुई दिनसम्म लुम्बिनी बसेर आइतबार अपराह्न काठमाडौं फर्किएका हुन् ।

शनिबार र आइतबार मायादेवी मन्दिरमा विशेष पूजा गरेका उनले लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयसँग भेटवार्ता गरेका छन् । नेपालमा मंगोलियाका धार्मिक पर्यटकको आवागमन बढाउन, लुम्बिनीमा मंगोलियन विहार निर्माण गर्ने, नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारमा सघाउने जस्ता विषयमा वार्ता केन्द्रित भएको कोषले जनाएको छ।

‘भेटवार्ता पर्यटन विकासका विषयमा केन्द्रित रह्यो । नेपालमा मंगोलियाका धार्मिक पर्यटक भित्र्याउने विभिन्न क्रियाकलापमा सघाउन पुन्सालमागिन निकै उत्साहित छन् ।’ –कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भनिन्।

मंगोलियाली टोलीले आज सोमबार बौद्ध र पाटन दरवार स्क्वायर क्षेत्र भ्रमण गर्दैछ। बौद्ध धर्म बाहुल्य नेपाल–मंगोलियाबीच सीधा हवाई सेवा नहुँदा सो मुलुकबाट लुम्बिनी पुग्ने धार्मिक पर्यटकको संख्या न्यून छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo