वालिङ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सबै जनतालाई सुरक्षित घरमा राख्ने बताएकी छिन् । सुरक्षित जनता आवास कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा सरकार लागेको जानकारी दिइन् ।
मन्त्री अर्यालले भनिन्, “सरकार सन् २०३० सम्म गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवास कार्यक्रम कार्यान्वयनमा आएको हो ।” जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पाँच पालिकाका २५० खरका छाना विस्थापित गरेर जस्तापाला लगाइने जनाइएको छ ।
रासस





























प्रतिक्रिया