काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचार मध्ये चार दिनपछिको खराब मौसमपछि आजबाट भने मौसममा सुधार हुन थालेको छ । आज बेलुकाबाट क्रमिक रुपमा चिसो घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका नख्खु कारागारका कूल एक हजार ५४७ कैदीबन्दीमध्ये ३९३ जना मानसिक रोगको बिरामी रहेको पाईएको छ ।
नेपालमा असुरक्षित गर्भपतन गर्नेको संख्या हेर्ने हो भने डरलाग्दो अवस्थामा छ । गर्भपतनसम्बन्धी समुदायमा विद्यमान गलत दृष्टिकोणका कारण महिलाहरुले असुरक्षित गर्भपतन गर्ने गरेको बुझिन्छ ।
शुक्रबार परेको वर्षाका कारण दशरथ रंगशाला हिलाम्मे भएको छ । यसैकारण सहिद स्मारक ए डिभिजन लिगका दुई अपराजित टोलीद्वय मनाङ मस्र्याङ्दी र मच्छिन्द्रबीचको खेल फेरि सोमबारका लागि सारिएको छ ।
भारतीय सेनामा कार्यरत गोर्खलीहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन छ ।





























प्रतिक्रिया