गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना इजिप्सियन नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ ।
नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार छ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो । गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए।
सरकारले साँस्कृतिक संस्थानको अध्यक्ष र महाप्रबन्धक नियुक्त गरेको छ। गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारी र रिक्त महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई नियुक्त गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर झुटो प्रचार भएको उनको भनाइ छ ।





























प्रतिक्रिया