काठमाडौं ।
सन् २०१९ मा प्रतिष्ठित भनिएकाहरुले नै पद र प्रतिष्ठा गुमाए । त्यस्तै केहि घटनाहरु मुलुकमा निकै चासोपूर्ण रुपमा हेरिए । केहि पदबाटै चिप्लिए । प्रतिनिधि सभाका सभामुखदेखि सिद्धबाबासम्मले यसवर्ष धेरै चर्चा पाए ।
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनु प¥यो । रौतहट –२ बाट प्रतिनिधि सभा सदस्य रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई गत असोज २६ गते प्रहरीले उनकै निवासबाट पक्राउ गर्यो । ०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका १२ जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलमलाई लागेको थियो ।
यस्तै पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने यसै वर्ष पक्राउ परे । गत वर्ष नै गत असारमा गुठी विधेयक खारेजीको माग गर्दै उपत्यकावासीले शक्ति प्रदर्शन गरे । यस्तै घटनाहरुको चर्चा गरिएको सामाग्री हेरौं यो भिडियोमा :































प्रतिक्रिया