कञ्चनपुरमा राजमार्ग अवरुद्ध

कञ्चनपुरमा राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ को जंगलमा भारतिय मिनिबसको ठक्करबाट मोटरसाइकल चालक ४४ वर्षिया जयबहादुर रानाको मृत्युको घटनालाई लिएर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थानियले राजमार्ग अवरुद्ध पारेका छन् ।

युपी १७ एटी १०६६ नम्बरको भारतिय बसले म २ प ९०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । रानाको मृत्युको विरोधमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै उनीहरुले सडक अवरुद्ध पारेका हुन् ।

बिहानैदेखि मृतकका परिवार तथा स्थानीयहरुले कारबाही तथा क्षतिपूर्तिको माग गर्दै टायर बालेर सडक जाम गरेका छन् । अवरुद्ध पारिएको राजमार्ग खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगरबाट लामो र छोटो दुरीका सवारी साधनहरु ठप्प बनेका छन् ।

Logo