काठमाडौँ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ लाई सार्वजनिक बिदा दिन नेपाल नीति अध्ययन केन्द्रले माग गरेको छ।
नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शाहको जन्मदिनमा बिदा नदिँदा राष्ट्रिय अखण्डता र एकतामा समेत नकारात्मक असर परेको केन्द्रले जनाएको छ।
राष्ट्र निर्माताको सम्झना र आदर गर्नु सबै नेपालीको कर्तव्य भएकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा दिन माग गरेको केन्द्रले जनाएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया