आज नेपाली टोपी दिवस मनाउन माइतीघरमा युवाहरु जम्मा हुँदै

आज नेपाली टोपी दिवस मनाउन माइतीघरमा युवाहरु जम्मा हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाउँदै छ ।

अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको हो । यस वर्ष पनि सातौं अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले आज काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दैछ । कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । संस्थाले यो वर्ष नेपाल सरकारको नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाउने तयारी गरेको पनि उनले बताए ।

यसवर्षको नारा भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार रहेको छ । गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो । यो वर्ष पनि कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बताउँदै यसलाई सफल बनाउन अभियन्ताहरूले आम नेपालीलाई अनुरोध गरेका छन् ।

Skip This
Skip This
Logo