काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचार मध्ये अहिलेसम्मको विश्व रेकर्डमा सबैभन्दा तिव्र गतिको क्षेप्यास्त्र डोङफेङ ४१ हो । यसको गति प्रतिघण्टा १५ हजार किलोमिटर छ । तर पछिल्लो समय रुसले परीक्षण गरेको क्षेप्यास्त्रले चर्चा पाएको छ ।
गत बुधबार चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहको सम्बन्धबिच्छेद भएको समाचारले सञ्चार क्षेत्र तात्यो । तर, त्यसको चौथोदिन साधना कलाकेन्द्रले कमलादीमा आयोजित आशा भोस्लेको विशेष कार्यक्रममा श्रीमान/श्रीमती सँगै देखिएका छन् ।
नागरिकता सम्बन्धी प्रावधानमा भेदभाव भएको मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आरोप लगाएका छन् । २ नेपालमा सामाजिक सञ्जाल दर्ता गरेर मात्र संचालन गनुपर्ने प्रावधानसहितको सूचना प्रविधि विधेयक संसदीय समितिले पारित गरेको छ । समितिबाट आईतबार पारित भएको विधेयक अनुसार सबै सामाजिक सञ्जाल दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने प्रावधान छ ।
प्रदेश नं ३ को नाम र राजधानी सम्बन्धी छ । यस प्रदेशको नाम सम्बन्धित प्रदेशसभाले नराखेर नेकपाको सचिवालय बैठकले गरेको छ ।
विस्तृत समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया