स्थानीय तहको लेखाप्रणाली सूत्र रिकभर

स्थानीय तहको लेखाप्रणाली सूत्र रिकभर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु ‘रिकभर’ भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ (सूत्र) ह्याक भएकोमा अहिले सबै तथ्याङ्कहरु रिकभर गर्न सफल भएको जनाएको छ । सह–महालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले पुस ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । उनले मंसिर ११ गतेदेखि पुस ४ गते सम्मको सबै तथ्याङ्कहरु नष्ट भएकोमा गत शुक्रबार रिकभर गर्न सफल भएको बताए । उनले स्थानिय तहको ३९ हजार भौचर नष्ट भएकोमा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउँदै अहिले सबै तथ्याङ्क रिकभर भएपछि सोमबारदेखि सबै स्थानिय तहको हराएको भौचर सिस्टममा देखाउने बताए ।

उनले सफ्टवेर ह्याक भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरिसकेको र कसले कहाँबाट ह्याक ग¥यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिए । ०७६ वैशाख २३ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयपछि सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले ०७५/०७६ बाट स्थानीय तहको बजेट, राजश्व र लेखाङ्कनको व्यवस्थापन गर्ने सफ्टवेर ‘सुत्र’ कार्यान्वयनमा ल्याएको थियो । ‘सुत्र’ ह्याक भई तथ्यांक हराउँदा अधिकांश स्थानीय तहको लेखा सम्बन्धी काम प्रभावित भएको थियो ।

Logo