काठमाडौँको तिनकुनेमा फेरि ‘हिट एन्ड रन’ घटना दोहोरिएको छ ।
शनिबार राति ९ बजे बाटो काट्दै गरेकी वृद्धालाई टिपरले ठक्कर दिएर भागेको हो । ठक्करबाट गम्भीर घाइते भएकी ती वृद्धाको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको छ । वृद्धको सनाखत हुन सकेको छैन।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले आज बिहान बा ३ क १७४२ नम्बरको टिपर क्षेत्रपाटीबाट नियन्त्रणमा लिएको छ । प्रहरीले सिसिटिभी फुटेजका आधारमा टिपरलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसअघि, गत मंसिरमा मात्रै मिनभवनमा ‘हिट एन्ड रन’ केशमा परी इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको मृत्यु भएको थियो ।





























प्रतिक्रिया