ललितपुर ।
ललितपुरको सानेपामा रहेको एक वर्कसपमा भिषण आगलागी भएको छ । एकघण्टादेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जाडोमा तापिरहेको आगो फैलिएर वर्कसपमा आगलागी भएको हो ।
नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर र नेपाली सेनाका १० वटा दमकल, ५ वटा पानी ट्यांकर , प्रहरी र स्थानियवासीहरुले प्रयास गरिरहेका छन् । यसबाट के कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । केन्द्रबिन्दु सहकर्मी रामजी बलामीका अनुसार अहिले यस क्षेत्रमा विद्युत लाइन समेत काटिएको छ । आगो नियन्त्रण भन्दा बाहिर गएको छ ।
नियन्त्रणका लागि अहिले भक्तपुरबाट समेत दमकल आइपुगेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।
फोटो फिचर :

तस्वीरहरु : रामजी बलामी/केन्द्रबिन्दु





























प्रतिक्रिया