हेटौँडा,
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
चन्द्रनिगापुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ३४३३ नं.को सुमो अन्दाजी ३०० मिटर तल खसी दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका थिए । ती मध्ये एक सकुशल रहेका छन् । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।





























प्रतिक्रिया