नेपाल-भारतबीचका समस्या कूटनीतिक तवरबाट समाधान : काँग्रेस नेता महत

नेपाल-भारतबीचका समस्या कूटनीतिक तवरबाट समाधान : काँग्रेस नेता महत


काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डाक्टर प्रकाशशरण महतले नेपाल र भारतको वीचमा धेरै तहका सम्बन्ध भएको बताएका छन् ।

काठमाडौंको होटल सोल्टीमा आयोजना गरिएको भारतीय राजदुत मन्जिव सिङ पुरीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले धेरै तहका सम्बन्ध भएको मुलुकसँग केही समस्या देखिनु स्वभाविक भएको भन्दै देखिएका ती समस्यालाई कुटनितिक तवरबाट समाधान गर्न सक्नु अहिलेको आवश्यकता रहेको पनि जिकिर गरे।

सहमहामन्त्री महतले नेपाल सरकारलाई संकेत गर्दै सरकार कुटनितिक क्षेत्रमा कम्जोर साबित भएको बताए । कांग्रेस सहमहामन्त्री महतले राजदूत पुरीले नेपाल र भारतको सम्बन्धलाई समधुर बनाउ खेलेको भूमिका प्रसंसा समेत गरे ।

कार्यक्रममा भारतीय राजदूत मन्जिव सिङ पुरीले नेपाल र भारत वीचको सम्बन्धलाई अझै प्रगाढ र सुधार बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Logo