नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन दिन्नौं : मन्त्रि सोनल

नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन दिन्नौं : मन्त्रि सोनल

केन्द्रबिन्दु
0
Shares

धनुषा ।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूहद्वारा विहिबार आयोजित सीमाञ्चल सम्बन्धको स्वरूप र नागरिक दायित्व विषयको छलफलमा मन्त्री सोनलले खुला सीमालाई दुवै देशबीच रहेको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई दरिलो बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।

उनले खुला भूमि राष्ट्रको हितविपरीत प्रयोग हुन सक्ने आशङ्कालाई त्यागी विद्यमान समस्यालाई साझा रूपमा समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए । सामाजिक विकासमन्त्री नवलकिशोर साहले मिथिला राष्ट्र हुँदादेखि नै भारतसँग सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको चर्चा गर्दै सो सम्बन्ध कहिल्यै टुट्न नसक्ने धारणा राख्नुभयो ।

नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले नेपाल भारतको सम्बन्ध प्राकृतिक, नैसर्गिक र मानवीय रहेको चर्चा गर्दै सार्वभौमिकता रक्षाका लागि सबैपक्ष सजग हुनुपर्ने बताए । प्रदेशसभा सदस्य परमेश्वर साहले दुवै देशका नागरिकबीच आत्मीय सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गरे ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरले सीमाञ्चल सम्बन्ध दुवै राष्ट्रका जनताबीचको सम्बन्ध साझा विम्बझैँ भएकाले सामाजिक विकृतिलाई साझा रूपमा अन्त्य गर्न पहल गर्नु पर्ने बताए । भारतीय सीमाविज्ञहरू प्राध्यापक नवलकिशोर चौधरी, अशोक प्रियदर्शी, नागेन्द्रप्रसाद सिंह र अरुण दासले सीमाञ्चल सम्बन्धमा शासकले असमझदारी उत्पन्न गर्ने गरेकाले सीमाञ्चलका नागरिक असमझदारी प्रति सजग हुनु जरुरी रहेको पनि उनको भनाई थियो।

समूहका अध्यक्ष राजीव झाले सीमा क्षेत्रमा सडकको दूरावस्था, लागू औषधिको ओसारपसार र आपराधिक क्रियाकलापको समाधान गर्न नागरिकको अग्रसरता आवश्यक रहेको बताए । कार्यक्रममा साहित्यकार अयोध्यानाथ चौधरीद्वारा हिन्दी भाषामा लिखित ‘ढलते आंशु औंके बीच’ नामक कविता सङ्ग्रहको पनि विमोचन गरिएको थियो ।

Logo