काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरू मध्ये आज इशाइ धर्मावलम्वीहरुको महानपर्व क्रिसमस । नेपाल सहित विश्वभर क्रिसमसको रौनक छाइरहँदा छिमेकी मुलुक चीनमा भने क्रिसमस मनाउन प्रतिवन्ध लगाइएको छ ।
नेपालीको भान्छा दिनदिनै महंगिदै गएको छ । केही हप्ताअघि हामीले प्याज र कुखुराको मासुको मुल्य बराबर भएको समाचार प्रस्तुत गरेका थियौं । प्याजको भाउ अझै घटेको छैन तर कुखुराको मासु र अण्डाको मूल्य भने आकासिएको छ ।
हामी अहिले सन् २०१९ को अन्त्यतिर छौं । नयाँ वर्ष २०२० शुरु हुन अब करिव एक हप्ता मात्रै बाँकी छ । नयाँ वर्षको शुरुवातसँगै सरकारले भ्रमण वर्ष २०२० पनि घोषणा गर्दैछ । त्यसका लागि सरकारले विशेष तयारी गरिरहेको छ ।
समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब दुइ तिहाइको रहेन ।
विस्तृत समाचार हेरौं यो भिडियोमा





























प्रतिक्रिया