लाइसेन्स वितरणमा कडाइदेखि मैत्रीकला प्रदर्शनीसम्म (भिडियोसहित)

लाइसेन्स वितरणमा कडाइदेखि मैत्रीकला प्रदर्शनीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरू मध्ये आगामी विहीबारदेखि राजधानी काठमाण्डौमा ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ हुने भएको छ । नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषद्मा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गर्न लागेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्रताका साथ भइरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताएका छन् ।
नेपाली चेली पुष्पा बस्नेत यो दशककै प्रेरणादायी व्यक्ति घोषित भएकी छन् । सिएनएन हिरो पुष्पा सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा पुष्पा पहिलो नम्बरमा परेकी हुन् ।
सवारी दुर्घटना बढेपछि सरकारले अब सवारी लाइसेन्स वितरणमा कडाइ गरिने भएको छ । यातायात व्यवस्था विभागले ठूला सवारीसाधनका लागि दिइने सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुवै खालका परीक्षामा थप कडाइ गर्ने भएको हो
उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले मङ्गलबार राजीनामा दिएका हुन् । यो राजीनामासँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।

विस्तृत समाचार हेरौं यो भिडियोमा

Logo