काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरू मध्ये चितवनको नारायणी नदीमा मिनी पानीजहाजको सफल परिक्षण गरिएको छ । राइनो इन्टरटेन्मेन्ट कम्पनीले बनाएको २ तल्ले मिनि पानीजहाजको आइतबार २५ जना यात्रुसहित परिक्षण गरिएको हो ।
२ सय २० जनाको क्षमता रहेको उक्त मिनि पानीजहाजलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको पोर्ट वरपर परीक्षण गरिएको हो । प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको इतिहासमै पहिलोपटक ठूलो जहाजको परिक्षण सफल भएको दावी गरे । स्वस्थ र बलियो बन्नका लागि सेवन गरिने घ्यू समेत नक्कली भेटिएको छ । पर्साको विरगन्जमा पुजा साम्राग्रीको लागि भन्दै दर्ता भएको सिद्धी विनायक पुजा सामाग्री उद्योगले अखाद्य घ्यू उत्पादन गरी बजारमा विक्रि वितरण गरिरहेको भेटिएको हो ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घ्यू उत्पादनमा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक विरेन्द्र शाहीले बताए । ह्याचरी व्यवसायीले नेपालमा पहिलोपटक चल्ला उत्पादन बन्द गरी करिव ४० लाख चल्ला चष्ट गरेका छन् । उचित बजार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले जिउँदो चल्ला र चल्ला उत्पादनका लागि तयार अन्डा नष्ट गरेको हो ।
पाकिस्तानमा विश्वविद्यालयका एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ईश्वरको निन्दा गरेको भन्दै शिक्षक जुनैद हफिजलाई मृत्युदण्डको सजाय सुनाइएको हो । बहायद्यिन जकारिया युनिभर्सिटीका शिक्षक उनी सन् २०१३, मार्चमा पक्राउ परेका थिए ।
गीतकार सुक गुरुङको निधन भएको छ । गुरुङको आइतबार ५४ वर्षको उमेरमा पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मृर्गौला रोगले पीडित गुरुङले मधुमेह र उच्च रक्तचापका कारण दृष्टि गुमाएका थिए । हप्तामा दुई पटक डायलासिस गराउदै आएका उनी चर्चित गीतका सर्जक हुन् ।
विस्तृत समाचार हेरौं यो भिडियोमा





























प्रतिक्रिया