उदयपुर।
उदयपुरको उदयपुरगढी गाउँपालिका– ३ मा आज भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी विजय श्रेष्ठले बताए । सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा अन्य ४ जना गम्भिर घाइते भएका छन् ।
भारतीय नम्बर प्लेट भएको एस् के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ३६ वर्षीय मिन नारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको मृत्यु भएको छ । ३५ वर्षीय टिकाराम श्रेष्ठको उपचारका लागि लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा ४ जना घाइते भएका छन् । भारतको सिक्किममा रहेका आफन्त भेटघाट गरेर घर फर्कनेक्रममा जिप दुर्घटना भएको प्रहरीफले जनाएकाे छ ।





























प्रतिक्रिया