काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरु मध्ये आज सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक भएको समाचारले प्राथमिकता पाएको छ ।
साथै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि यो भन्दा ठूलो रकमले सम्मान गर्ने बताएका छन्
सूचना तथा सञ्चार प्रविधिको मेला ‘क्यान इन्फोटेक २०२०’ फागुण २ गतेबाट शुरु हुने भएको छ । क्यान इन्फोटेक अबदेखि सबै प्रदेशमा आयोजना गर्ने जनाएको छ । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस । विक्रम संवत २०६८ को जनगणना अनुसार नेपालमा मात्रै १९ लाख आप्रवासी रहेका थिए ।
यता म्यागासेसे पुरस्कार विजेता नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनलाई अविस्कार केन्द्रको लागि कारखाना खोल्न रकम अभाव भएको छ । ग्रामिण विकास तथा राष्ट्रिय आविस्कार केन्द्रको विकास र विस्तारका लागि आवश्यक रकम नपुग भएपछि पुनले सर्वसाधारणमाझ सहयोगको आग्रह गरेका हुन् ।
विस्तृत समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया