शीतलहरले मधेसमा सकस बढ्दै

शीतलहरले मधेसमा सकस बढ्दै

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

प्रदेश २ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ।

शीतलहरले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको हो।

शीतलहरसँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारीचालक बताउँछन् । लहानको तापक्रम मंगलबार बिहान १० डिग्री सेन्टिग्रेड थियो। शीतलहरका कारण लहानलगायत तराई/मधेसका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ। विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।

सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेको देखिन्छ। तराई÷मधेसमा पुस पहिलो सातादेखि सुरु हुने शीतलहर माघ अन्तिमसम्म रहन्छ। यस अवधिमा मधेसी समाजको जनजीवन कष्टकर हुन्छ। तराई , मधेसमा चिसोले खासगरी विपन्न परिवारका मानिस न्यानो लुगा अभावमा प्रताडित हुन्छन् । यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोम लगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ ।

बिहानै खुल्ने पसल र बजार पनि ढिलो खुल्न थालेका छन् । मौसम परिवर्तनसँगै चल्न थालेको शीतलहरले व्यवसायमा समेत असर पारेको व्यापारी बताउँछन् । चिसो बढेपछि ज्याकेट र न्यानो कपडाबाहेक अन्य सामानको व्यापारमा कमी आएको उनलीहरूले बताए ।

चिसोले रुघाखोकी, डायरिया, दाम, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ। बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानका प्रमुख डा। सुनिलकुमार सिंहले बताए। जाडो बढ्दै गएपछि हाडजोर्नी, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी बढेको जानकारी उनले दिए।
नागरिकबाट

Skip This
Skip This
Logo