२० असार २०७९ सोमबार
1
1
1
1

0 Shares

५० हजार मेट्रिक टन चिनी नपुग हुने

1
1
1
1

काठमाडौं
नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर एक अर्ब १० करोड कृषकलाई भुक्तानी गरिने जानकारी दिए ।

उक्त संघले स्वदेशी कृषिजन्य चिनी उद्योगलाई प्रवद्र्धन गर्नका लागि भारत लगायत मुलुकबाट आयात हुने चिनीको भन्सार वृद्धि गर्न माग गरेको छ । चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम रहेकामा ३५ प्रतिशत थप गरी ५० प्रतिशत पु¥याउन व्यवसायीले आग्रह गरेका छन् ।

गत वर्ष उखु प्रतिक्विन्टल ५३१ कायम गरिएको संघले जनाएको भए पनि कृषकले प्रतिक्विन्टल ४६६ मात्र प्राप्त गरेको बताएका छन् । देशभर अहिले १३ उद्योग सञ्चालनमा छन् भने एक लाख कृषक तथा दुई लाख मजदुर रोजगारीमा संलग्न रहेको बताइएको छ ।
रासस

प्रकाशित: १५ माघ २०७४ ०८:१६ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी