नेपालको विजुली बेच्न भारतसँग सम्झौता हुँदै – कुलमान

नेपालको विजुली बेच्न भारतसँग सम्झौता हुँदै – कुलमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २६ ।

नेपाल विद्युत प्राधिकरणले नेपालको विजुली बेच्न भारतसँग सम्झौता गर्न लागिएको बताएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने– ‘विजुली बेच्न भारतसँग सम्झौता गर्न लागेका छौँ ।’

प्रबन्ध निर्देशक घिसिङले क्षेत्रीय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताएका हुन् ।

साथै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताए ।  ‘उद्योग, यातायात, घरायसी प्रयोजन तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजार बृद्धि हुन्छ ।’

Logo