काठमाडौं, २०७६ मंसिर २६ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित तीनथानामा आज बिहान भिषण आगलागी भएको छ । रङ्ग पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीमा घर तथा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपूर महानगरपालिकाका दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीहरुको करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । आगलागीमा लाखौंको क्षती भएको अनुमान गरिएपनि क्षतिको पूर्ण विवरण भने आएको छैन ।





























प्रतिक्रिया