२० लाख घुस लिँदालिँदै दुई इन्जिनियर पक्राउ

२० लाख घुस लिँदालिँदै दुई इन्जिनियर पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २५ ।

सडक डिभिजन कार्यालय चकचके प्युठानमा कार्यरत दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन् । डिभिजन कार्यालय प्रमुख (सीडीई) धुब्रकुमार श्रेष्ठ र इन्जिनियर निरज महर्जन मंगलबार पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिए बापत २० लाख घुस लिएपछि उनीहरु पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट श्रेष्ठ र महर्जनलाई पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु भएको छ । २० लाख रकमसहित पक्राउ परेका उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढ्नेछ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo