इटहरी, २०७६ मंसिर २२ ।
इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । गएराति सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको होटलमा आगलागी भएको हो । आगो आज बिहान नियन्त्रणमा लिइएको छ तर होटल पूर्ण रुपमा क्षति भएको छ।
होटलबाट आगोको मुस्लो निस्केको देखिएपछि स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना र दमकल आगो निभाउन जुटेका थिए । विराटनगर, दमक, सप्तरी, धरान, दुहवी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगोले भवनमा रहेका अन्य कार्यालयमा पनि क्षति पुर्याएको अनुमान गरिएको छ। क्षतिको विवरण भने आउन बाँकी छ ।





























प्रतिक्रिया