काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आज आदेश दिँदै दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि बोलाए पनि आयोजना प्रमुख ओम शर्मा भने बेखबर छन् ।
सर्वोच्चकाे निर्णयलाई कसरी हेर्नुभएकाे छ ? अव के गर्ने ? भन्ने केन्द्रविन्दुकाे जिज्ञासामा आफू बेखबर रहेकाे शर्माले बताए ।
बारामा भइरहेकाे विमान्स्थल निर्माण कार्यविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रुख नकाट्न र निर्माण प्रक्रिया रोक्न आदेश दिएको हाे ।
विमानस्थल बनाउँदा लाखौं रुख काटिने भन्दै सर्वोच्चमा दायर भएकाे रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको हो।





























प्रतिक्रिया