मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु


सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं सर्लाहीका प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए ।

गम्हरीया गङ्गा फ्युल सेन्टर नजिक आज १२ः१५ बजे मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई जिल्ला अस्पताल मलङ्गवामा लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले बताए । मोटरसाइकल पछाडि बस्ने लालबन्दी नगरपालिका– १ नवलपुर निवासी २४ वर्र्षीय अबुलेक मिकरानी घाइते भएका छन् ।

ठक्कर दिने मोटरसाइकलका चालक लालबन्दी नपा–१ निवासी २० वर्षीय आशिष मिकरानीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Logo