आगामी शुक्रबार र शनिबार चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको मुख्य लेनमा सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ। त्यसका लागि नै मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । विहान ११ बजेदेखि ३ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको हो।
मुख्य लेनमा चार घण्टा सवारीसाधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ।





























प्रतिक्रिया